सुन जस्तो देखिने ३ डल्ला सहित भारतीय नागरिक विमानस्थल पुगेपछि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 01:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank
काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु सहित भारतिय नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सोमबार ३५ वर्षीय भारतीय नागरिक शरिफ एहमद अब्दुल गफ्फोरलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार उनी सोमबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका थिए । उनलाई चेकजाँच गर्दा निजको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ थान अर्धठोस वस्तु फेला परेको कार्यालयले जनाएको छ ।

सो वस्तुको अन्दाजी तौल ८५५ ग्राम रहेको र सो सामान अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाईएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved