सरकारमा जाने परिस्थिति आएमा निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 09:20:05 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक सकिएको छ । आज सोमबार बिहान हात्तीगौंडास्थित सभापति रवि लामिछानेको निवासमा बैठक भएको हो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएका थिए । सभापतिले घटनाक्रम जानकारी गराएपछि बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको हो।

विभिन्न घटनाक्रमले गर्दा अहिलेको सत्ता गठबन्धन संकटमा देखिएको छ ।  सोहि कारण अहिले कांग्रेस बाहेकका शिर्ष दलहरु नयाँ समीकरणको प्रयास स्वरुप तारान्तार छलफलमा छन् । नेपाली कांग्रेस भने अहिले कै गठबन्धन टिकाउने प्रयासमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved