एयर कार्गोको आयात निर्यात शुल्क बढ्यो (नयाँ दर रेटसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 01:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एयर कार्गोको आयात निर्यात महशुल (शुल्क) बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर कार्गोको शुल्क १० प्रतिशतले बढाएको हो ।

हरेक दुइ दुइ वर्षमा एयर कार्गोको आयात र निर्यात शुल्क १० प्रतिशतले स्वतः बढ्ने व्यवस्था अनुसार शुल्क बढाइएको बताइएको छ । प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित कार्गो बिल्डिङका अनुसार वृद्धि भएको शुल्क चैत ४ गतेदेखि लागू हुनेछ । 

नयाँ दरअनुसार समान्य मालसामान आयात गर्दा प्रतिकेजी ७.१२ रुपैयाँ वा १३३.१० रुपैयाँमध्ये जनु बढी हुन्छ सोही दर लागू हुनेछ । साधारण मालसामानको निर्यातमा प्रतिकेजी १.३३ रुपैयाँ वा २६६.२० रुपैयाँमध्ये जुन बढी हुन्छ सोही दर लागू हुनेछ । 

बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी न्यूनतम १०.६५ रुपैयाँ र अधिकतम २६६.२० रुपियाँ लाग्नेछ । बहुमूल्य मालसामान निर्यातमा प्रतिकेजी न्यूनतम ३.३३ रुपैयाँ र अधिकतम ३३२.७५ रुपैयाँ शुल्क लाग्नेछ । 

कुन मालसामानको आयात निर्यात कार्गो शुल्क कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved