म नमर्दासम्म देशमा उथलपुथल भईरहन्छ: प्रधानमन्त्री प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 03:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने निर्णय भएकै दिन उनले यस्तो बताएका हुन् ।

सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले प्रतिक्रियावादी र अवसरवादीले आफुलाई उपयोग गर्न खोजे भने आफु लात्तले हानेर हिड्ने बताए । 

उनले प्रतिक्रियावादीले आफुलाई घेर हालेर सिध्याउन धेरै प्रयास गरेको बताए । तर अहिलेसम्म घेरा तोड्दै अगाडी बढेको र अब पनि घेरा तोडेर नै जाने उनले बताए । उनले आफु अनप्रेडिक्टेबल नभएको पनि बताए  ।

उनले भने 'म अनप्रेडिक्टेबल होइन, म नेपालका श्रमिक जनता, महान शहिद, बेपत्ता, घाइते, अपाङ्ग र नेपाल राष्ट्र प्रति प्रेडिक्टेबल छु म । उनीहरु प्रति म् इमान्दार छु, तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने उनीहरुलाई कुनै पनि लात्तले हानेर निस्कनसक्छु म, त्यहि कारण म विश्वसनीय छैन म , हुनु पनि पर्या छैन' ।

उनले आजको दिन सबैका लागि खुसीको दिन भएको बताउँदै आफूहरू फेरि एउटै कम्युनिस्ट केन्द्र बनाउन प्रयासरत रहेको बताए । उनले सबै कम्युनिष्टहरु एक ठाउँमा हुनु पर्ने र क्रान्तिकारीहरु एक ठाउँमा हुनै पर्ने स्पष्ट पार  । कम्युनिष्टहरु एक ठाउँमा उभिए मात्र शहिदहरुको सपना पुरा हुने उनले बताए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved