नवनियुक्त ३ मन्त्रीले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 05:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्गठित मन्त्रिपरिषद्‌का ३ मन्त्रीले सपथ ग्रहण गरेका छन् । नयाँ सत्ता समिकरण बनेसँगै नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ३ जना नयाँ मन्त्री नियुक्त गरेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

अहिले उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरुले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved