महाशिवरात्रीमा नशालु पदार्थहरू बनाउने, खाने र बेच्नेलाई कारवाही हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 09:38:51 AM मा प्रकाशित

laxmi  sunrise bank

महाशिवरात्रीमा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै चार किल्ला तोकेर नै नशालु पदार्थहरू प्रतिबन्ध गरिएको बताए ।

उनका अनुसार फागुन २३ द्केही फागुन २७ सम्म गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क - उमाकुण्ड - गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा नशालु पदार्थहरू प्रतिबन्ध गरिएको छ । 

उल्लेखित चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही भइजाने उनले स्पष्ट पारेका छन्।

महाशिवरात्री पर्वलाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रुपमा सम्पन्न गर्न भगवान पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरि यस्तो व्यस्था गरिएको उनले जानकारी दिएका छन्।

यस वर्षको महाशिवरात्री पर्व फागुन २५ गते शुक्रबार परेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved