इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डद्वारा क्लासिक भ्यू रिसोर्टमा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 11:14:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । फण्डले फागुन २७  गते  सो रिसोर्टमा लगानी गरेको जनाएको छ । 

 इन्भेस्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त लगानी रहेको छ ।

बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक पर्यावरण-मैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ र जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने जनाईएको छ ।

रिसोर्टका अनुसार एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग हुनेछ । यस लगानीबाट, एनआईआईएफले प्रिमियर पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले प्रकाश पारेले साझेदारीले नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने बतए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved