पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरीले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरेको बताईएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो। प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ।

उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved