कोका-कोलाले नेपालको लागि बनायो 'गिनिज वर्ल्ड रेकर्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 07:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले गिनिज वल्ड रेकर्ड राखेको छ । कोका कालाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको हो ।

कम्पनीले शुक्रबार काठमाडौँको बौद्धस्थित होटल हायत रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ  इज कुकिंग’ दोस्रो संस्करण सञ्चालन गरेको थियो । सो संस्करणको एउटा भाग थियो ’द लार्जेस्ट मोमो पार्टी’ । सोहि ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत कम्पनीले गिनिज वल्र्र्ड रेकर्ड राखेको जनाएको छ । 

कोका–कोलाले ५०० जना भन्दा बढी सहभागीहरूका साथ यो कार्यक्रम आयोजना गरेको थियो । कम्पनीका अनुसार प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै मोमोको स्वाद लिएका थिए । 

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्, “कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।“

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved