आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 10:33:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ ।

जसमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम सांसदहरुले सोधेक प्रश्नको जवाफ दिने छन्। पछिल्लो समय नेपाली कांग्रेसले गृह मन्त्री रवि लामिछानेको नियुक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरिरहेको छ । प्रधानमन्त्रीले यस बारे पनि जवाफ दिने बताईएको छ ।

आजको बैठकमा  अर्थमन्त्री वर्षमान पुनले "भन्सार विधेयक, २०८० माथी विचार गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि भने  आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ। यो प्रि बजेट छलफल हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved