इलाम २ मा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 05:34:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपा एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर- २ र बझाङ- १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) को लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेले लाम निर्वाचन क्षेत्र नम्बर- २  मा सुहाङ नेम्वाङलाई  र बझाङ- १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको गरेको हो। 

एमाले सचिवलायको आइतबारको बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ  सुवास नेम्वाङका छोरा हुन्।  इलाम- २ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले सो निर्वाचन क्षेत्र रिक्त छ। 

एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला र प्रदेशबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved