दुर्गा प्रसाईंको मुद्दामा आज फैसला सुनाउँदै सर्वोच्च अदालत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 09:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । गत चैत ६ गते मंगलबार न्यायाधीश डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रसाईंले दायर गरेको मुद्दाको सुनुवाइ सकेर चैत १२ गते सोमबार (आज)का लागि निर्णय सुनाउने मिति तोकेको हो ।

बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाए पनि सरकारले अनुमति नदिएपछि प्रसाईले मुद्दा दायर गरेका हुन् । प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार प्रदान गरेर सुनुवाई गरेको थियो । गत चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले यो मुद्दा गम्भीर संवेदनशील भएको भन्दै अग्राधिकार दिने आदेश गरेको थियो ।

सरकारले बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि प्रारम्भिक अनुमति (एलओसी) दिएर आवश्यक संरचना बनाउन स्वीकृति दिएको थियो । तर, संरचना बनाइसकेपछि सरकारले मेडिकल शिक्षा अध्यापनको अनुमति दिएन । यसपछि सञ्चालक प्रसाईँ अदालत पुगेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved