टर्यो लोडसेडिङको जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 03:54:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएसँगै तत्कालका लागि लोडसेडिङको जोखिम हटेको छ । भारतीय बजारबाट विद्युत खरिदका लागि चैत १८ गते म्याद सकिँदै थियो । तर, ३ दिन अघि आज सम्झौता नवीकरण भएसँगै अब दैनिक ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने भएको छ ।

तर, एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र नवीकरण भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार अब सम्झौता नवीकरण भए पश्चात ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ । 

अहिले नेपालले भारतबाट दैनिक ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने भए पनि सम्झौता नवीकरण गर्दा परिमाण घटाएर ५ सय ५४ मेगावाटमा सिमित गरिदिएको छ । 

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले भने असार दोस्रो साता सम्मका लागि मात्रै सम्झौता नवीकरण भए पनि असारपछि नेपाल आफैँसँग पर्याप्त विद्युत् हुने र निकासीसमेत गर्ने भएकाले यो सिजनमा अब विद्युत आपूर्तिमा समस्या बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved