एमडिएमएसमा एक अर्बको भ्रष्टाचार: पुर्व हाकिमद्वय सहित २० जना विरुद्ध मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 04:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

जसमध्ये नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षहरु,  निर्देशकहरू  लगायत विरुद्ध आयोगले मुद्दा दायर गरेको हो । प्राधिकरणका पूर्व अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

विशेष अदालतमा दायर मुद्दामा उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved