सवारी करमा एकरुपता कायम गर्न गृहकार्य सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 05:43:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी करमा एक रुपता कायम गर्न गृहकार्य थालिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले सबै प्रदेशमा सवारी करमा एक रुपता कायम गर्न अध्ययन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी केन्द्र सरकारका विभागीय मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश अनुसार सवारी कर फरक फरक हुँदा यसले असर पारेको गुनासो गरेका थिए । यसपछि बैठकले सकेसम्म सबै प्रदेशमा सवारी कर एकै खालको हुने गरि व्यवस्था मिलाउन यस सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेको हो ।

केन्द्र सरकारको यातायात मन्त्रालय, सबै प्रदेशका यातायात मन्त्रालय र यातायात कार्यालयहरुबाट प्रतिनिधित्व रहने गरि अध्ययन समिति बनाइने छ । यसरी बनेको समितिले २ महिनाभित्र अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाउने भनिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved