बैशाखमा हुन गईरहेको लगानी सम्मेलनमा चीनका वाणिज्यमन्त्रीलाई निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 05:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानी सम्मेलनमा चीनका वाणिज्यमन्त्रीलाई निम्तो गरिएको छ। बैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलनको लागि चीनको बाणिज्यमन्त्रीलाई निम्तो गरिएको चीनका लागि नेपाली राजदुतले जनाएका छन।  

राजदूत विष्णुपुकार श्रेष्ठले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा चीनका वाणिज्यमन्त्रीलाई निम्तो गरिएको पुष्टि गरेका हुन।  आगामी लगानी सम्मेलनका लागि नेपाल सरकारले १२४ जना विदेशी लगानीकर्ता लगायत उच्च पदस्थहरुलाई निम्तो गरिसकेको छ। 

हाल चीन भ्रमणको क्रममा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठले चीनका विदेशमन्त्री वाङ यी लगायतका उच्च पदस्थहरुसंग भेटघाट तथा छलफल गरेका छन।   श्रेष्ठको भ्रमण मुख्यगरी सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको नेपाल भ्रमण र सन् २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताको कार्यान्वयनमा केन्द्रित रहेको छ।

सन् २०१७ मा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभलाई कार्यान्वयनमा लैजाने र नेपाल चीन सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा पुर्‍याउने साझेदारी सन् २०१९ मा राष्ट्रपति सीले काठमाण्डूको भ्रमण गर्दा भएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved