जुर्यो संवैधानिक परिषद् बैठकको साइत, महालेखा परीक्षकसहित विभिन्न नियुक्ति टुंगो लगाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 04:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच छलफल भएसंगै महत्त्वपूर्ण संबवैधानिक नियुक्तिको लागि बाटो खुलेको छ । कांग्रेस सभापति देउवासँगको छलफल पश्चात प्रधानमन्त्री दाहालले चैत १८ गते आइतबार बिहान संवैधानिक परिषदको बैठक बोलाइएका छन् । 

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले यसबारे पुष्टि गरेका छन् । 

बिभिन्न संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्तिको लागि सिफारिस गर्न आइतबार बिहान संवैधानिक परिषदको बैठक बोलाइएको हो । सरकारले लामो समयदेखि रिक्त रहेको महालेक्षा परीक्षक लगायत संवैधानिक अंगहरुमा नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ। 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभा विपक्षी दलका नेता र उपसभामुख रहन्छन् । 

को को छन महालेखा परीक्षकका उम्मेदवार ?

महालेखा परीक्षकको लागि १६ जनाको आवेदन परेको छ । जसमा पूर्वसचिवहरु शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, रामप्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी र शंकर खरेल तथा बहालवाला सचिव तोयम राय रहेका छन् । 

अन्य आवेदकमा नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक समिति सदस्य तथा चाटर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण र हरि सिलवाल, महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षकहरु महेश्वर काफ्ले, वामदेव शर्मा, नायव महालेखा परीक्षकहरु चन्द्रकान्त भण्डारी, बैकुण्ठबहादुर अधिकारी, पूर्वनायव महालेखापरीक्षक अशोक कार्की  र तारामाया कुवर रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved