एक वर्षमा प्रहरीमा ६० हजार उजुरी, सबै भन्दा बढी बैंकिङ कसूरका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 06:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीमा देशभर एक वर्षमा झन्डै ६० हजार उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिंङ कसूर सम्बन्धि उजुरी रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ । 

नेपाल प्रहरीको कार्यालयमा मुलुकभर एक वर्षमा ५९ हजार ६१ उजुरी दर्ता भएका छन् । जसमा बैंकिंङ कसूरका मात्रै १३ हजार २७७ उजुरी दर्ता भएका छन् । जुन प्रतिशतमा २२.४८ प्रतिशत हो । 

बैंकिंङ कसूरपछि धेरै उजुरी दर्ता हुने अपराधमा नैतिकता बिरुद्द हुने कसुर रहेका छन् भने त्यसपछि क्रमशः आत्महत्या, लागूऔषध, चोरी, जबर्जस्ति करणी,  ठगी, ज्यान मार्ने उद्योग, बहुविवाह, अभद्र व्यवहार र अन्य रहेका छन् ।

तथ्यांकअनुसार दर्ता भएका कुल ५९ हजार ६१ वटा उजुरीमध्ये बैंकिंङ कसूरका १३ हजार २७७, नैतिकताबिरुद्दको कसुरका १० हजार ८६३, आत्महत्याका ७ हजार १९४, लागूऔषध ४ हजार २८४, चोरीका ३ हजर ७२५, जबर्जस्ति करणीका २ हजार ४६८, ठगीका १६६०, ज्यान मार्ने उद्योगका १ हजार ४५, बहुविवाहका ७२४, अभद्र व्यवहारका ५३५ र अन्य उजुरी १३ हजार २८६ रहेका छन् ।

सबै भन्दा बढी अपराधका मुद्दा हुने क्षेत्रमा काठमाडौँ उपत्यका रहेको छ भने सबै भन्दा कम अपराध दर्ता भएकोमा कर्णाली रहेको छ । उपत्यकामा यो एक वर्षमा १७ हजार २९७ उजुरी दर्ता भएका छन। 

नेपाल प्रहरीले मुलुकभर भएका अपराधका घटनालाई एकै ठाउँ ल्याएर विश्लेषण गर्ने गरेको र अपराधका घटना किन हुन्छन् भन्नेबारे पनि प्रहरी संगठनले चाँसो राखेर तथ्यांक संकलन र अनुसन्धान गर्ने नीति लिएको नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले बताए। 

नेपाल प्रहरीमा २०७९ चैत १० देखि २०८० फागुन सम्मको अवधिमा नेपाल प्रहरीमा दर्ता भएका अपराधसँग सम्बन्धित मुद्दाको प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको हो । नेपाल प्रहरीले प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएपछिको एक वर्षको अवधिलाई आधार मानेर तथ्यांक सार्वजनिक गरिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved