‘बैंकहरुले उद्योगी र व्यवसायीलाई सुकुम्बासी बनाउन खोजे’ (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 05:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आज माइतीघरमा विरोध प्रदर्शन गर्दै उद्योगी व्यवसायीहरुले बैंकहरुले औद्योगिक व्यवसायिक क्षेत्रमा आतंक फैलाएको गुनासो गरेका छन् । बैंकहरुको आतंककै कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भइसकेको उनीहरुको गुनासो छ ।

विरोध कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटवालले बैंकहरुका कारण उद्योगी व्यवसायी सुकुम्बासी बन्ने अवस्था आएको भन्दै आक्रोश पोखे । उद्योगी व्यवसायीहरुले हरेक राजनीतिक आन्दोलनमा साथ दिँदै आएका उद्योगी व्यवसायीहरु ३० वर्षदेखि अनेकौँ उल्झनमा फस्नु परिरहेको गुनासो पनि गरे । 

‘जबदेखि मूलुकमा बैंक तथा वित्तीय संस्थाहरु खोल्न दिइयो, तबदेखि यस्ता बैंक तथा वित्तीय संस्थाहरुले मूलुकका उद्योगी व्यवसायीहरुलाई सुकुम्बासी बनाउन खोजिरहेका छन्’ उनले भने, ‘उद्योगी र व्यवसायीहरुलाई सुकुम्बासी बन् भनेको हो ? बैंकहरुले हामीलाई यहाँ उद्यम व्यवसाय नगर्, पासपोर्ट बनाएर भिसा लगाएर विदेश जा भनेको हो ?’ 

भिडियोः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved