भ्रमण वर्षमा छुटको प्रतिस्पर्धा, तारे होटेलमा सबैभन्दा धेरै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 01, 2020 | 01:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन बुधबार हुँदैछ। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षमा संस्कृति र सम्पदालाई प्राथमिकतामा राखेर योजना बनाईएका छन् । 

भ्रमण वर्षको उद्घाटनसंगै सम्बद्ध बिभिन्न संघसँस्था तथा व्यवसायले पर्यटकलाई लक्षित गरि बिभिन्न छुट प्याकेज घोषणा गर्न थालेका छन। यहि क्रमलाई निरन्तरता दिंदै भ्रमणबर्षसँग प्रत्यक्ष रुपमा जोडिएका होमस्टे लगायतकासंघसँस्थाले बिभिन्न छुट प्याकेज घोषणा गरेका छन। 

होमस्टे (घरबास)

पर्यटनको कान्छो प्रोडक्ट हो होमस्टे । बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे)ले खाना र आवासमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउन पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको अध्यक्ष केशव बडालले जानकारी दिएका छन् ।

होसानका अनुसार हाल देशका ५७ जिल्लामा करिब ६ सयभन्दा धेरै घरवास सञ्चालनमा छन् । होसानले घरवासमा आउने पर्यटकका लागि साँझ सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिने गरेको छ ।

टान

पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)ले भ्रमण वर्ष सफल बनाउन संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुट दिने भएको छ । टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार भ्रमण वर्षभर टानमा सदस्य रहेका कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्नेछन् । 

टानले मात्रै पदयात्राका लागि ८ लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेको छ । १८ सय सदस्य रहेको टानले हाल पदयात्राका लागि करिब ५ लाखको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।

वायु सेवा सञ्चालक संघ

वायु सेवा सञ्चालक संघले हालसम्म कुनै प्याकेज घोषणा गरिसकेको छैन । तर संघका कोषाध्यक्ष रुपेश जोशीले प्याकेजमा के छुट दिन सकिन्छ भन्नेबारे छलफल जारी छ । संघले आन्तरिक उडानमा केही सहुलियत दिन सकिन्छ कि भनेर सदस्यहरुबीच छलफल भइरहेको छ । 

ट्राभल एजेण्ट र ट्राभल कम्पनीमार्फत आउने विदेशी पर्यटकले प्याकेजमै सहुलियत पाउने संघको भनाई छ ।

नाट्टा

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सि.एन. पाण्डेले भ्रमण वर्षलाई सहयोग गर्ने लक्ष्यले नाट्टामा आवद्ध ट्राभल एजेन्सीको टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरिएको जानकारी दिए ।

नारा

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले भ्रमण वर्षमा १५ प्रतिशत छुट दिने भएका छन् । भ्रमण वर्ष अवधिभर (सन् २०२० भर) विदेशी पर्यटकलाई १५ प्रतिशत छुट दिईने नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिए।

होटल संघ (हान)

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले संघमा आबद्ध सबै तारे होटलमा रुममा ३० र खानामा १५ प्रतिशत छुट हुने बताएका छन। यो छुट भ्रमणबर्ष अवधिभर लागू हुने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved