डुंगा पल्टिंदा बालबालिकासहित १२ रोहिङ्गाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 10:57:21 AM मा प्रकाशित

laxmi  sunrise bank म्यानमारको हिंसाबाट बच्न बांग्लादेश जाँदै गरेका रोहिंज्या मुसलमानहरु चढेको डुंगा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। आइतबार अबेर बांग्लादेशको नाफ नदीमा उक्त घटना हुँदा अन्य थुप्रै हराइरहेका छन्। डुब्नेहरुमा धेरैजसो बालबालिका छन्। 

स्थानीय सञ्चारमाध्यमहरुले खराब मौसमका बेला उक्त घटना भएको बताएका छन्।

अधिकारीहरुले अहिलेसम्म १० बालबालिका, एक महिला र एक पुरुषको शव निकालिएको बातएका छन्। आइतबार डुंगामा सवार मानिसको यकिन संख्या अझै स्पष्ट भएको छैन तर बांग्लादेशका सीमा सुरक्षा अधिकारीहरुले ४० देखि सय जनासम्म रहेको अनुमान गरेका छन्।

उद्धारकार्य अहिले जारी छ।

बांग्लादेशमा शरणार्थीहरु लैजान खोज्दा पल्टिएको यो पछिल्लो डुंगा हो।  झण्डै दुई हप्ताअघि यस्तै खालको घटनामा ६० भन्दा बढी मानिसहरुको ज्यान गएको बताइएको थियो। म्यानमारको रखाइन राज्यमा सैन्य कारबाही भइरहँदा त्यहाँबाट भागेर छिमेकी बांग्लादेश जान खोज्ने अन्य दर्जनौं रोहिंज्याहरुले ज्यान गुमाइसकेका छन्।

केही स्थलमार्ग हुँदै बांग्लादेश गइरहेका छन् भने अन्यले माछा मार्ने साना डुंगाहरुबाट समुद्र पार गरिरहेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved