४४ अर्ब डलरमा ट्वीटर किन्ने निर्णयबाट ‘ब्याक’ भए एलन मस्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2022 | 03:23:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्बपति एलन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट ‘ब्याक’ भएका छन् । बीबीसीका अनुसार मस्क ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेका हुन् । 

टेस्लाका प्रमुख कार्यकारी मस्कले गत अप्रिलमा ट्वीटर किन्ने निर्णय लिएका थिए । 

ट्वीटरले स्पाम र नक्कली अकाण्टको विषयमा पर्याप्त जानकारी दिन नसकेपछि मस्क विश्वस्त हुन नसकेकाले उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् । 

यता, ट्वीटरका अध्यक्षले भने ट्वीटर खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन एलन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन् । 

समाचारहरुका अनुसार सम्झौता उल्लङ्घन गरेवापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने छ ।

प्रारम्भिक खरिद सम्झौतामा यदि सम्झौता तोड्नुपर्ने अवस्था आएमा जसले तोड्न चाहेको हो, उसले १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved