भारतको केन्द्रीय बैंकले सरकारलाई दियो १४ खर्ब लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 08:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले त्यहाँको केन्द्र सरकारलाई ८७ हजार करोड भन्दा बढी लाभांश प्रदान गरेको छ । बिजनेश टुडे डट इनका अनुसार बैंकले भारत सरकारलाई आर्थिक वर्ष सन् २०२२/२३ को लागि कुल ८७ हजार ४ सय १६ करोड लाभांश दिने निर्णय गरेको हो ।

बैंकका गभर्नर शशिकान्त दासको अध्यक्षतामा गत मे १९ तारिखमा बसेको बैंकको संचालक समितिको बैठकले सो रकम बराबरको रकम भारत सरकारलाई लाभांशको रुपमा प्रदान गर्ने निर्णय गरेको हो । बैंकले आफ्नो वेबसाइटमा पनि यसबारेको निर्णय राखेको छनेपाली रुपैयाँ अनुसार यो रकम १४ खर्ब भन्दा बढी हुन आउँछ ।

इकोनोमिक टाइम्सका अनुसार गत आर्थिक वर्षमा बैंकले भारत सरकारलाई ३० हजार ३ सय ७ करोड लाभांश दिएको थियो । यस पटक झन्डै ३ गुणा बढी लाभांश दिएको हो ।

इकोनोमिक टाइम्सका अनुसार आर्थिक वर्ष २२/२३ मा बैंकको आम्दानी ४७.०६ प्रतिशतले बढेको थियो भने खर्च १४.०५ प्रतिशतले बढेको थियो । विदेशी मुद्राबाट बैंकले धेरै आम्दानी गर्न सफल भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved