सिटिजन बैंकबाट महालक्ष्मी इन्स्योरेन्सको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 12:40:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टर्नेशनल र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट मुख्य कार्यकारी अधिकृत गणेश राज पोखरेल र इस्योरेन्सका तर्फबाट रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

सिटिजनले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। त्यस्तै कान्छो इन्स्योरेन्सको रुपमा संचालनमा आएको महालक्ष्मीले आक्रामक रुपमा आफ्नो शाखा तथा कारोबार बिस्तार गरिरहेको छ।   

    


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved