बिजपाटी सम्बाददाता     Jun 21, 2019 | 07:36:40 AM



नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले आज असार ६ गते बिशेष साधारणसभा आह्वान गरेको छ ।  बैंकको सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ । 

साधारणसभाले जेबिल्स फाइनान्सलाई गाभ्ने अर्थात् (एक्वीजिशन) लगायतका ९ वटा बिशेष प्रस्ताव पारित गर्ने छ ।  बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभ्ने गर्ने भएको हो। जस अनुसार जेविल्स फाइनान्सको १०० कित्ता शेयर हुनेले इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउने छन। जेबिल्स फाइनान्सले पनि आज नै एक्वीजिशन प्रस्ताव पारित गर्न बिशेष साधारणसभा डाकेको छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि जेठ २९ गते बुकक्लोज गरेको छ । जेठ २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।  हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जेविल्स फाइनान्सको पुंजी ८३ करोड ८० लाख रहेको छ। 

यस्ता छन् साधारणसभाका बिशेष प्रस्ताव: 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7