मर्जर प्रस्ताव पारित गर्न नव किरण लघुवित्तले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 09:51:25 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न नव किरण लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले कुलेश्वरको स्टार फुडल्याण्डमा फागुन २४ गते शनिवार विशेष साधारणसभा आह्वान गरेको हो 

सभामा मर्जर लगायतका विशेष प्रस्ताव पेश हुने छन् । कम्पनीले नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै महुली लघुवित्तसंग मर्जर सम्झौता गरेको थियो । सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल कायम रहे बमोजिम नै रहने छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ । १००:९५ को स्वापमा यी दुई संस्था मर्ज हुन् लागेका हुन् । यद्यपि डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा तल माथि भए स्वाप रेसियो परिमार्जन गर्न सकिने उल्लेख छ । 

मर्जर पश्चात बन्ने संस्थाको सीइओमा हालको महुली कै सीईओले निरन्तरता पाउने छन् भने स्नाचालक समितिमा महुलीको तर्फबाट ४ जना र नव किरणको तर्फबाट १ जना रहने छन् । 

विशेष साधारणसभाले प्रबन्ध पत्र र नियामावली संशोधनको अख्तियारी, रेमिटेन्स सम्बन्धि काम गर्नेको लागि आवश्यक काम गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved