परिमार्जित लाभांश पारित गर्न वोमीले बोलायो साधारण सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 01:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड Womi Microfinance Bittiya Sanstha Limited ले परिमार्जन भएको लाभाँंश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले चैत १६ गते धुलिखेल जुगल होटलमा विहान ११ बजे सेयरधनीहरुलाई बोलाएको हो । 

कम्पनीको संचालक समितिले प्रस्ताव गरेको २० प्रतिशत वोनस र ६ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गर्न निर्देशन दिएपछि कम्पनीले २५ प्रतिशत वोनस र करको लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । राष्ट्र बैंकले असार मसान्तसम्मको चुक्ता पुँजीको आधारमा सो अवधीको नाफाबाट ग्राहक कोषमा छुट्याएर मात्र लाभांश दिन निर्देशन दिएपछि नगद घटेर वोनस बढेको हो । 

कम्पनीको सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण २ जना गरी ६ जनाको संचालक निर्वाचन गर्नेछ । सभामा संचालहरुको बैठक भत्ता पुनरावोलकन गर्ने तथा अरु वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी कार्य गर्न संचालकलाई अख्तियारी दिनेप्रस्ताव पेश हुने छन्  । 

कम्पनीले साधारण सभाको लागि सेयरधनी दर्ता किताब फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बन्द गर्न लागेको छ । फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले लाभाँश पाउन तथा सभामा भाग लिन पाउनेछन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved