एनएमबि लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 12:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्त NMB Microfinance Bittiya Sanstha Limited ले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले असार २२ गते सोमबार पोखरा स्थित कम्पनीको केन्द्रीय कार्यालय मै सभा आह्वान गरेको हो । कम्पनीले यस अघि चैत्र २६ गते सभा डाकेकोमा कोरोना महामारीका उत्पन्न परिस्थितिको कारण स्थगित भएको थियो ।  

कम्पनीले हकप्रद बाँडफाँट गरेपछि कायम भएको चुक्ता पुँजीको १२ प्रतिशत वोनस सेयर र वोनसको करको लागि शुन्य दशमलव ६३२ प्रतिशत नगद लाभांश सभाबाट पारित गर्नेछ । हकप्रद वितरणपछि कम्पनीको चुक्ता पँुजी ४० करोड ५० लाख १५ हजार ६ सय २५ पुग्नेछ । 

सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापकबाट १ जना र सर्वसाधारणबाट २ जना संचालकहरुको निर्वाचन र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्नेछ । कम्पनीले अन्य ‘घ’ वर्गका लघुवित्त सँग गाभ्ने गाभिने तथा मर्जरको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि सेयरधनी दर्ता किताब चैत १० गतेदेखि २६ गतेसम्म बन्द गर्न लागेको छ । चैत ९ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांशको हकदार हुन पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved