आइसीएफसी फाइनान्सको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य एजेन्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 06:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीएफसी फाइनान्सले आजको मितिमा साधारणसभा बस्दै छ।  साधारणसभामा लगिने मुख्य प्रस्ताबमा गत आर्थिक बर्षको कमाईबाट घोषणा गरिएको लाभांश प्रस्ताब पारित गराउने रहेको छ।   

फाइनान्सले साधारणसभा प्रयोजनार्थ असोज २५ देखि असोज ३१ सम्म बुक क्लोज गर्ने निर्णय गरेकाले असोज २४ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश दिने प्रस्ताब गरेको छ।   फाइनान्सको साधारणसभाबाट स्वीकृत भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। फाइनान्सको साधारणसभा आज असोज ३१ गते सानो गौचर स्थित रेजेन्सी ब्यान्केटमा बिहान ११ बजे बस्दै छ।  

साधारणसभाको मुख्य एजेन्डामा गत आर्थिक बर्षको कमाईबाट वितरण गरिएको लाभांश प्रस्ताब, चुक्ता पुंजी वृद्धि प्रस्ताब, गत आर्थिक बर्षको मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि व्यवस्था गर्ने लगायतका प्रस्ताब छन।  

१० प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८८ करोड १९ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ८० करोड १७ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष १९ करोड ५२ लाख खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved