सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद आज हकप्रद आजदेखि बिक्रि खुला गरिएको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ५१ करोड ६ लाख रुपैयाँ बराबरको ५१ लाख ६ हजार ६ सय ३२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।
बैंकले असोज १९ का लागी बुक क्लोज गर्ने निर्णय गरेकाले असोज १८ सम्म कायम शेयरधनीहरुले मङ्सिर २३ देखि पुष २७ सम्म हकप्रद भर्न पाउने छन्। असोज १८ सम्म कायम इच्छुक शेयरधनीहरुले बैंकको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, एनएमबि बैंक तथा सेवा विकास बैंकका शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन्।
हाल कायम चुक्ता पुंजीको १२० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ९३ करोड ६२ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ।
पहिलो तीन महिनामा बैंकको कमाई २ करोड ६४ लाख
१२० प्रतिशत हकप्रद बिक्रि गर्ने खुला गरेको सेवाले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत बर्षको यस अवधीसंगको तुलनामा १ करोड ४० लाख रुपैयाँले बढी हो।
यस अवधिमा बैंकले ५ अर्ब ६ करोड ७७ लाख रुपैया निक्षेप संकलन गरी ४ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब १५ प्रतिशतबाट बढेर शुन्य दशमलब ४१ प्रतिशत पुगेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी तथा संचालन आम्दानीमा उल्लेख्य प्रगति हुँदा आकर्षक खुद मुनाफा गर्न सफल देखिएको छ। यस अवधिमा बैंकले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन आम्दानी ६ करोड ९० लाख रहेको छ।