कन्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद निष्काशन पुष १८ देखि, यहाँबाट दिनुहोस आबेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 01:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्चन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशन गर्ने मिति तय गरेको छ। बैंकले पुष १८ देखि २:१ अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। बैंकले ५० प्रतिशत हकप्रदका लागि मङ्सिर ३० लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले मङ्सिर २९ सम्म कायम सेयरधनीहरुले पुष १८ देखि माघ २३ सम्म हकप्रद भर्न पाउने छन। 

मङ्सिर २९ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल, ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यलय र कन्चन डेभलपमेन्ट बैंकका शाखाहरुबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन। 


५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी २९ करोड ७० लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै बैंकले पुष ९ मा बार्षिक साधारणसभा डाकेको छ।  गत आर्थिक बर्षको कमाईको २५ प्रतिशत बोनस र बोनसपछि ३० प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। पुष ८ सम्म कायम सेयरधनीहरुले बैंकको २५ प्रतिशत बोनस सेयर पाउने भएका छन। २५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद वितरणपछि मात्र बैंकले फेरी ३० प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताब सो साधारणसभाबाट पारित गराउने भएको छ।  
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved