तिनाउँ बिकास बैंकको ३५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, यहाँबाट आबेदन दिनुहोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:01:19 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउँ बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले १० बराबर ३ दशमलब ५ कित्ता अर्थात ३५ प्रतिशतका दरले बैशाख १९ देखि जेठ २२ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।  

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ११ ११ करोड ९४ लाख रुपैयाँ बराबरको ११ लाख ९४ हजार ७ सय ९६ दशमलब ०९ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

३५ प्रतिशत हकप्रदका लागि बैंकले बैशाख ६ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख ५ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन्। बैशाख ५ सम्म कायम सेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल,नारयणचौर नक्साल, सिद्दार्थ बैंकका सबै कार्यालय र तिनाउँ विकास बैंकको रुपन्देही बुटवल लगायतका सम्पूर्ण शाखा कार्यलयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन। 

३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४६ करोड ८ लाख पुग्ने छ। गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ३४ करोड १३ लाख पुगेको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले बिकास बैंकहरुले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ। चालु आर्थिक बर्षको कमाईबाट करिब ९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी सजिलै ५० करोड पुग्ने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved