ज्योति बिकास बैंकको ३३ लाख ७७ हजार कित्ता सेयर लिलामीमा, यस्तो छ बैंकले जारी गरेको सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 09:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले असार २१ देखि ३३ लाख ७७ हजार कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो। 

बैंकले बैशाख २८ देखि जेठ ३१ सम्मका लागि १ बराबर १ अर्थात शतप्रतिशतका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलामीमा राखेको हो। 

लिलामीमा राखिएको सेयरमा संस्थापक समूह तर्फ २८ लाख १२ हजार ३ सय ३६ दशमलब ६० कित्ता र सर्वसाधारण समुह तर्फ ५ लाख ६५ हजार १ सय ७१ दशमलब ४० कित्ता सेयर रहेको छ। बैंकले हकप्रद बिक्रि खुला गर्दा करिब ४२ प्रतिशत संस्थापक सेयरमा आबेदन नपरेको हो। 

इच्छुक बोलकबोल दाताले असार २१ देखि असार २८ गते बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले सिद्दार्थ क्यापिटलको नाममा रहेको सिद्दार्थ बैंकको ००११५२५५८४१ खाता नम्बरमा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै सिद्दार्थ क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात ज्योति बिकास बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। २०७४ असार मसान्त भित्र राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत बैंकले हालै मात्र राप्तिभेरीलाई प्राप्ति गर्ने सहमति गरेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved