भ्रष्टाचारको मुद्दामा सशस्त्रका चार पूर्वप्रमुखलाई सफाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 01:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

तर विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो । विपक्षीहरूको तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतका अनुसार उनीहरूसहित सबै विपक्षीलाई सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved