केएल टावरले वितरण गर्यो बम्पर उपहार, कुपन नम्बर ९६२३ लाई अपाचे आरटिआर बाइक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 01:06:45 PM मा प्रकाशित

laxmi  sunrise bank

केएल टावरले दशैं तथा तिहारलाई लक्षित गरी सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ। उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर तथा थाइल्याण्डको बैंङ्कक भ्रमणको प्योकज बितरण गरिएको हो। 

उपहार योजनामा राखिएका १२ हजार बढी कुपनहरुबाट कुपन नम्बर ९६२३ का विजेता सरिता गुरुङ्गलाई टिभिएसको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी कुपन नम्बर १०६८८ का लोप्साङ्गले टिभिएस जेष्ट स्कुटर हात पारेका छन् भने कुपन नम्बर ८९०२ का अनिता श्रेष्ठले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । 

उपहार योजनाका विजेताहरुलाई टिभिएस नेपालका उपाध्यक्ष दिपक अग्रवाल, के एल टावरका प्रबन्धक रमेश कक्षपतिले संयुक्त रुपमा उपहार बितरण गरे। 

रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएको जनाइएको छ। उक्त उपहार योजना अन्तर्गत ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसै गरि गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेफ्रिजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक एक जनाले हात पारेका छन् । 

दशैं तिहारमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि ल्याइएको यो योजना असोज १० देखि कात्तिक २७ गतेसम्म चलेको थियो।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved