साता भर १ हजारले बढ्यो सुनको मूल्य , हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 10:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। बिहिबार प्रति तोला ५३ हजार ५  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर ५३ हजार ७  सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 

यस साता सुनको मूल्य हजार रुपियाँले बढेको छ ।  साताको पहिलो दिन आइतबार प्रति तोला ५२ हजार ७ सय रहेको छापावाल सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति तोला ५३ हजार ७ सय रुपियाँ रहेको छ । 

नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ४०  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ८  सय २५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved