नाडाको आयोजनामा कर कौशल बढाउने तालिम सम्पन्न, कारोबारकै दिन हिसाब राख्न सुझाब 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 10:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा कर कौशल बढाउँने तालिम सम्पन्न भएको छ। बिशेषगरि अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको नाड़ाले जनाएको छ। 

शुक्रबार  काठमाण्डौको ग्राण्ड होटलमा  नाडाका निमित्त अध्यक्ष  शम्भु प्रसाद दाहालको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको हो । उक्त तालिममा कूल ८१ सदस्य फर्महरुले आफनो सहभागिता जनाएका थिए । 

कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नाडाका निमित्त अध्यक्ष दाहालले सहभागिहरुलाई आजको हिसाब आजै राख्न व्यवसायीहरुलाई आग्रह गरे।
 
यस्तो किसिमको तालिम नाडाले विगतमा पनि गर्दै  आएकोे भएपनि सरकारको प्रतिनिधित्व सहितको तालिम कार्यक्रम पहिलो भएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए । 

यस प्रकारको कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाको विश्वास छ। उक्त कार्यक्रमको व्यवस्थापन नाडाका महासचिव  कृष्णप्रसाद दुलालले गरेका थिए भने सो कार्यक्रमको संयोजन नाडाका कोषाध्यक्ष तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले गरेका थिए  ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved