कमाई खुम्चिदा खराब कर्जा झनै बढ्यो , कसरि भयो सिभिल बैंकको यस्तो हालत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 09:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। यस अवधिमा बैंकले ७ प्रतिशतले मात्रै खुद मुनाफा बढाउन सफल भएको छ। गत आर्थिक बर्षको यस अवधिमा १५ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा १६ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

यस अवधिमा बैंकले ५४ करोड ९३ लाख खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा घटेको छ। आस्वा शुल्क सस्तो बनाएको तथा निक्षेपमा आकर्षक ब्याजदर उपलब्ध गराएको बैंकको संचालन आम्दानी सतप्रतिशतले ओरालो लाग्दा बैंकको कमाई समेत खुम्चिएको छ।

यस अवधिमा बैंकले ३२ अर्ब ९३ करोड निक्षेप संकलन गरि २९ अर्ब ५० करोड कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकले २६ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ भने ४३ करोड १७ लाख रुपैयाँ सम्भावित जोखिममा लागि छुट्याएको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम १ अर्ब ४२ करोड पुर्याएको छ। बैंकको खराब कर्जा अनुपात २ दशमलव ३१ प्रतिशतले बढेर ४ दशमलव ४५ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ७ दशमलव ३२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ३१ दशमलव १५ रुपैयाँ, मूल्य आम्दानी ३४ दशमलव ४२ गुणा र कर्जा निक्षेप अनुपात ७९ दशमलब ३१ प्रतिशत रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved