यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधन भएपछि यति एयरले शुक्रबार सबै उडान बन्द हुने भएका छन् । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।
प्रबन्ध निर्देशकको निधनको शोकमा एक दिन उडान बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । शनिबारदेखि भने कम्पनकिा सबै उडान नियमित सञ्चालन हुने जनाईएको छ ।
बुधबार ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परि मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष शेर्पासहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।