नेपाली चालकको मनोबिज्ञान नै हेलिकप्टर दुर्घटनाको प्रमुख कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2019 | 04:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई साताअघि मात्रै हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारि सहित ७ जनाको मृत्यु भएको छ। यस दुर्घटनाले फेरी एक पटक नेपाली आकाश कति सुरक्षित भन्ने प्रश्न उब्जाएको छ। 

मन्त्री चढेको हेलिकोप्टर दुर्घटनालाई अनेक कोणमा अर्थ्याइएको छ। केहिले दुर्घटनाको कारण मौसम भएको बताएका छन भने केहिले चालकको मनोबिज्ञानलाई दोषी ठहर्याएका छन। त्यसो त दुर्घटनालगत्तै त्यसको दोष चालकलाई दिने नेपालको परम्परा नै बनेको छ। 

पछिल्लो ४० बर्षमा ३४ वटा हेलिकप्टर दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणको तथ्यांकले देखाएको छ। नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहास हेर्ने हो भने सबैभन्दा पहिलो दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा भएको पाइन्छ।  भिभिआइपी सवार उक्त हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। 

त्यसयताको तथ्यांक हेर्दा प्रत्येक बर्ष जस्तो हेलिकप्टर दुर्घटना भईनै रहेका छन। यसबीचमा सन् २००६ को सेप्टेम्बर २३ मा भएको हेलिकप्टर दुर्घटनालाई धेरैले सम्झिने गर्छन। उक्त दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, योजनाविद् डाक्टर हर्क गुरुङ सहित २४ जनाले ज्यान गुमाएका थिए।

४० बर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा मात्रै ८३ जनाले ज्यान गुमाएका छन। ज्यान गुमाउनेमा मन्त्री, व्यवसायी, लगायत छन। यसरि बर्षेनी हेलिकप्टर दूर्घटना भईरहंदा नेपाली आकाश नै असुरक्षित हो कि भन्न प्रश्न समेत उब्जिएको छ। तर नेपालको भू बनोट र मौसममात्रै दुर्घटनाको कारण नभएको यस क्षेत्रका विज्ञहरुको दाबि छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल विमान ठिक हुँदाहुँदै आकाशमा हुने दुर्घटनाको जिम्मेवार स्वयम् चालक हुने जिकिर गर्छन्। हेलिकप्टर उड्नुअघि त्यसको चेकजांच हुने र ठिक नभए बिमान नै नउड्ने तर्क गर्दै पोखरेलले सबै अवस्था ठिक भएको जहाज उडेपछि दुर्घटना हुनुमा दोषी कसलाई मान्ने भन्ने प्रश्न तेर्स्याएका छन। 

नेपाली आकाशमा अनुभवी नेपाली पाइलटले चलाएकै बीमान बढी दुर्घटनामा परेको उदाहरण प्रस्तुत गर्दै पोखरेलले नेपाली विमान र हेलिकप्टर दुर्घटना हुनुमा चालकको ओभर कन्फ्डिेन्स नै भएको दाबी गर्छन। पोखरेलले भनेझैँ नेपालमा पछिल्लो ४० बर्षमा विजय गिरी, प्रभाकर केसी लगायतका अनुभवी पाइलटले बिमान दुर्घटनामा ज्यान गुमाएका छन। त्यसमा पनि नेपालमा सबैभन्दा धेरै १९ सिटभन्दा कम क्षमताका जहाज र हेलिकप्टर दुर्घटना हुने गरेका छन।  


     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved