आज नेपाल वायुसेवा निगमको जहाज पहिलोपटक अस्ट्रेलिया उड्ने भएको छ । आज साझ ५ः३० बजे २६४ यात्रु लिएर निगमको वाइडबडी जहाज अस्ट्रेलियाको बृस्बेनका लागि उड्ने भएको हो ।
अस्ट्रेलियाली दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन निगमको जहाज चार्टर्ड गरेका कारण इतिहासमै पहिलोपटक निगमको जहाज अस्ट्रेलियाली आकाशसम्म सिधा उड्ने भएको हो ।