नेको इन्स्योरेन्सको साधारणसभा आज, मुख्य एजेन्डामा बोनस र हकप्रद प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 06:59:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले आज बार्षिक साधारणसभा डाकेको छ। आज बस्ने २२ औ बार्षिक साधारणसभामा गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब मुख्य एजेन्डामा रहेको छ। 

अन्य एजेन्डामा ५० प्रतिशत हकप्रद बिक्रि गर्ने लगायतका प्र्स्ताब रहेका छन। कम्पनीको साधारणसभा नेपाल टुरिजम बोर्ड, भिर्कुटि मण्डपमा ११ बजे बस्दै छ।  

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २९ देखि असोज १० सम्म बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २८ सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र १० प्रतिशत बोनस सेयर प्राप्त गर्न सक्नेछन। 

१० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद बितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ७१ करोड २८ लाख छ। कम्पनीले गत आर्थिक बर्ष २१ करोड खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved