आइएमईको ‘दशैमा बिस लाख’ योजनाको १ लाख पाउने विजेता घोषित

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 30, 2018 | 05:32:25 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, तिहार र छठलाई लक्षित गरी ल्याउको ‘दशैमा बिस लाख’ योजनाको पहिलो महिनाको विजेता सार्वजनिक गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएको आईएमईले जनाएको छ । उनले एक लाख पाउने छन ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङसिर मसान्तसम्म लागु हुने सेवा योजनामा हालसम्म मासिक ‘लक्की ड्र’ बाट एक जना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना  विजेता सार्वजनिक भईसकेको आइएमईले जनाएको छ । 

‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० ले ‘आइएमई पे’ मार्फत १ हजारको बिल भुक्तानी, हरेक हप्ता १ जनाले १० हजार नगद, हरेक महिना १ जनाले १ लाख नगद र बम्परमा १ जना भाग्यशाली विजेताले २० लाख नगद प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved