लगानीयोग्य रकमको अभाब हटाउन विदेशबाट ऋण ल्याउने सीमा दोब्बर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 02:26:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैंकिङ प्रणालीमा लगानी योग्य रकम रकमको अभाब हटाउन बैंकहरुलाई विदेशबाट ल्याउन पाउने ऋणको सिमा बढाएको छ। यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्थालाई संसोधन गर्दै नेपाल राष्ट्र बैंकले ५० प्रतिशतसम्म पाइने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बिदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था ल्याएपनि बैंकहरुले भने ठुलो रकमको ऋण ल्याउन सकेका छैनन। बिदेशी मुद्रामा ऋण ल्याउँदा जोखिम बढी हुने भन्दै भारुमा समेत ऋण लिन पाउने बैंकहरुको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले चालु अर्थिक वर्षदेखि भारुमा पनि ऋण ल्याउन सकिने व्यवस्था लागु गरेको छ।

त्यस्तै अब बैंकहरुले ऋण स्वीकृत गर्ने प्रयोजनको लागि शुल्क, कमिशन तिर्नु पर्ने भए सो को भुक्तानी गर्न पाउने भएका छन्। तर ऋण प्राप्त भएपछि मात्र भुक्तानी गर्न पाउनेछन। यस अघि बैंकहरुलाई कुनै शुल्क, कमिशनको लेनदेनमा रोक लगाइएको थियो।

बैंकहरुले बिदेशी संस्थाबाट लिएको ऋण राष्ट्र बैंकले तोकेका उत्पादनमुलक क्षेत्रहरु उर्जा, सडक, पूर्वधार (हाउजिङ, जग्गा, प्लटिङ बाहेक), पर्यटन, कृषि, लघुवित्त जस्ता क्षेत्रहरुमा मात्र लगानी गर्न पाइनेछ। यसरी ल्याएको ऋण रकम बैंकहरुले घरजग्गा,गाडी तथा सेयर बजारमा ऋण दिन भने पाउने छैनन् । राष्ट्र बैंकले यसरी ल्याउने ब्याजदर ६ महिनाको लिबररेटमा ३ प्रतिशतमात्र जोडिएको हुनपर्ने व्यवस्था गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved