'ब्याज बढाएर गलत भएको छ, राष्ट्र बैंकको अबको कदमले आश्चर्य नहोस'-गभर्नर नेपाल (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 01:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ क्षेत्र सार्वजनिक सम्पति हो, यो कुरा साढे ३ बर्षअघि यहाँहरुलाई भनेको हो र भन्दै आएको छु। तर यहाँ लगानीगरेर मनग्गे कमाउछु भनेर सोच्नुभएको छ भने यहाँबाट निस्किनुहोस। संचालक समितिका सदस्य तथा सेयरधनीहरुलाई तन्न कमाउने रहर छ भने आजै यो ठाउँ छोड्नुहोस। 

तपाइँ जसले यहाँ १० प्रतिशत लगानी गरेर त्यसपछि ९० प्रतिशत भन्दा बढी पैसा जनताबाट उठाउनुहोस भनेर नेपाल राष्ट्र बैंकले तपाईहरुलाई अनुमति दिएको हो। यो पैसा सहि ठाउँमा उपयोग गरेर आर्थिक विकासमा सहयोग गर्नुहोस भनेर तपाइँले १० रुपैयाँ राख्दा ९० रुपैयाँ जनताबाट उठाउन अनुमति दिएको हो। 

यो फ्याक्ट्री, गामेंट उद्योग खोलेजस्तो होइन। सर्वसाधारणको सम्पति खेलाउदा अलिकति सम्बेदनशील हुनुहोस। यहाँहरुलाई नैतिक दबाब पनि दिईरहेका छौँ। ताकी तपाईहरु सर्वसाधारणप्रति इमान्दार र सम्बेदनशील रहनुपर्छ। 

यहाँहरुले जुन प्रतिस्पर्धा थाल्नुभएको छ, ब्याजदरमा, त्यो गलत गरिरहनु भएको छ, केन्द्र बैंकलाई के गर्न खोजेको हो ? जिस्क्याएको हो कि ? जसले यो गरिरहेको छ त्यसलाई राम्रो भने हुँदैन। सार्कमा जस्तो रेगुलेटरी सिस्टम हामीकहाँ छैन तर त्यस्तो हुदैन भन्ने नसोच्नुहोला। तुरुन्त केहि गर्दैछौं हामि। त्यसमा तपाइँहरु आश्चर्य नहुनुहोस। 

कमसेकम यत्रो पढेलेखेको व्यक्तिहरु भएको क्षेत्रका व्यक्तिहरुले त बुझ्नुपर्छ। सबैभन्दा राम्रा र बुझेका व्यक्तिहरु भएको संस्था भनिने बैंकहरुले समेत यस्तो गर्ने ? अहिले स्थानीय तहको ५० प्रतिशत बैंकहरुमा गईसकेको छ। करिब ३८ अर्ब जति बैंकहरुको खातामा गइसक्यो। सीईओ साबहरु, संचालक सदस्य, अध्यक्ष जो जो यहाँ हुनुहुन्छ, बिबेक प्रयोग गरेर व्यवसाय गर्नुहोस, आफ्नो नैतिकता हेर्नुहोस, पब्लिक गुड्स चलाईरहनुभएको छ, सम्बेदनशील हुनुहोस, राष्ट्र बैंकले यसलाई गम्भीरताका साथ हेरिरहेको छ।

(नेपाल बैंकर्स संघको ३२ औं बार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरन्जिबी नेपालले दिएको मन्तव्यको सम्पादित अंश)


'बैंकमा पैसाको समस्या: चियाको कपमा आउने तुफान हो, भुँइचालो भनेर नतर्सिनुहोस': अर्थमन्त्री खतिवडा (भिडियो)


     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved