ज्योति विकास बैंक लि. Jyoti Bikash Bank Limited ले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । तानसेन शाखाको तानसेन नगरपालिका मेयर अशोक कुमार शाही र बैंकका संचालक नारायण प्रसाद पौड्यालले संयुक्त उद्घाटन गरे ।
वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा, २२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा र २७ स्थानमा एटिएम संचालनमा ल्याउने बैंकका नायक महाप्रबन्धक सुशिल कुमार शर्माले जानकारी दिए ।