सेञ्चुरीका ग्राहक र शेयरधनीलाई ब्लु क्रस अस्पतालमा भारी छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 03:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited का ग्राहकले ब्लु क्रस अस्पताल, त्रिपुरेश्वरमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच एक सम्झौता भएपछि सेञ्चुरीका खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र अस्पतालका कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

सेञ्चुरीले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिदै आएको छ । बैंकका १२ वटा शाखारहित बैंकिङ्ग सेवा पनि सञ्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved