सुर्या लाईफ इन्स्योरेन्स Surya Life Insurance Company Limited को सुविधा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited बाट प्रप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाहरुबाट बीमा कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सकिने बताईएको छ ।
सम्झौतामा बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
बैंकले हाल ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।