गाडी किन्दा कामना सेवा बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 05:57:10 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा कम्पनीका गाडी किन्ने ग्राहकका लागी कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.ली. बीच सवारी कर्जा लगानी सम्झौता भएसँगै सिप्रदीले सिफारिस गरेका ग्राहकका लागी बैंकले कर्जा दिने भएको हो ।

बैंकले आफ्ना ६३ वटै शाखाबाट यो सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौतामा  बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदीको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।

बैंकले ६३ शाखासहित १७ वटा एटिएमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved