'बैंकर र व्यवसायीको झगडा पटक्कै मनपरेको छैन, मिल्नुहोस नत्र हस्तक्षेप हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 02:08:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा युबराज खतिवडाले ब्याजदरको बिषयमा पाखुरा सुर्कासुर्की नगर्न बैंकर र व्यवसायीलाई निर्देशनात्मक सुझाब दिएका छन। नेपाल ईन्फ्रास्टक्चर बैंकको उद्घाटन गर्दे अर्थमन्त्रीले बजारको कुरो भन्दै यस्तो बताएका हुन। 

'बैंकहरु पनि नीजि क्षेत्रकै, लगानी उद्यमी पनि निजी क्षेत्रकै तपाईहरुबीचको यो पाखुरा सुर्कासुर्की हामीलाई पटक्कै मन परेको छैन।' अर्थमन्त्री खतिवडाले भने, ''तपाईहरु उद्योग वाणिज्य क्षेत्रका छाता संगठन हुनुहन्छ । तपाईहरु बसेर छलफल गर्नुस्, कहाँ कुन बिन्दुमा हस्तक्षेप गर्नुपर्यो भन्नुहोस, अनि हस्तक्षेप गर्छौं।' 

'हामी जथाभावि हात फैलाउदै, राजनीतिक भाषामा सुँड पर्सादै भन्छन्। हामी सुँड पर्सादै तपाईहरुको क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनौं। तर तपाईहरु झगडा गर्नु भयो भने हामी हस्तक्षेप गर्न तयार हुनुपर्छ ।' अर्थमन्त्रीले चेतावनी दिंदै भने। 

फोरममा उपस्थित बैंकर र व्यवसायीतर्फ इंकित गर्दै अर्थमन्त्री खतिवडाले भने, तपाईहरु छलफल गर्नुस् हिजो पनि मैले एउटा अंक भने ६ र १६ को अन्तरमा हामी जान हुँदैन । त्यसको बीचमा हामीले समाधान खोज्नुपर्दछ । त्यो औषत भनेको कति हो तपाई आफै जानकार हुनुहुन्छ। अतिबाद दुवैतर्फबाट हुनु हुदैन।' 

अर्थमन्त्री खतिवडाले बैंकर र व्यवसायीलाई ब्याजदरको बिषयमा झगडा नगर्न निर्देशन दिएका छन। 'तपाईहरु झगडा नगर्नुहोस, झगडा गर्नुभयो भने हस्तक्षेप गर्न बाध्य हुन्छौं।'

त्यस्तै अर्थमन्त्री खतिवडाले संस्थागत निक्षेपकर्ताहरुलाई मौसमी लाभ नलिन समेत आग्रह गरेका छन। उनले भने, ''संस्थागत निक्षेपकर्ताले पनि सोच्नुस् । तपाईहरु अत्यन्त मौषमी लाभ लिनेतर्फ नसोच्नुस् ।'

'यस्लाई हस्तक्षेप सोचेपनि, सल्लाह सोचेपनि, सुझाब भने पनि भन्नुस् । एउटा भनाई छ । विरालो कालो भएपनि सेतो भएपनि मुसा मार्नैपर्छ । मुसा मरोस् । विरालो जस्तो सुकैहोस् । त्यो भनेको ब्याजदर सन्तुलित होस, भन्ने हो' उनले भने ।

मर्जरमा जान सुझाब 

अर्थमन्त्री खतिवडाले मर्जरको आवश्यकता महसुस गर्ने बैंकहरु मर्जरमा जाँदा हुने सल्लाह दिएका छन। २८ बाट १०-२० हुँदा नियमन गर्न पनि सजिलो हुन्थ्यो र अहिलेको जस्तो अस्वस्थ प्रतिस्पर्धा पनि हुदैनथ्यो। 

'साथीहरु म कहाँ आउँदा संख्या धेरै भयो भन्नुहुन्छ तर आफुहरु मर्जरमा जाने सोच्नुहुन्न, जो जोलाई संख्या धेरै लागेको हो, तिनीहरु मर्जरमा जानुहोस' उनले भने।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved